विराट कोहोलीबारे भारतीय क्रिकेट टिमका पूर्व टिम निर्देशकले गरे नयाँ खुलासा ....

एजेन्सी– भारतीय क्रिकेट जगतमा विराट कोहली र महेन्द्रसिंह धोनी एकअर्काका पर्यावाचीजस्तै देखिन्छन् । यसबेला उनीहरुले आ–आफ्नो महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । कोहोली अहिले टेस्ट टिमको कप्तान रहेका छन् भने धोनीले एक दिवसीय र ट्वेन्टी–ट्वेन्टीको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । यसै सन्दर्भमा भारतीय क्रिकेट टिमका पूर्व टिम निर्देशक रवि शास्त्रीले विराट कोहलीको सवालमा नयाँ खुलासा गरेका छन् । उनले अब विराट कोहोली क्रिकेटको कप्तानी गर्न परिपक्व भैसकेको बताएका छन् । उनले अब कोहोलीले धोनीले सम्हाल्दै आएको एक दिवसीय र ट्वेन्टी–ट्वेन्टीको समेत जिम्मेवारी समेत सम्हाल्न तयार भएको बताएका छन् । कोहोलीका लागि कदम चाल्ने यो उपयुक्त समय भएको समेत उनले बताए । भारतले अबका झण्डै दुई वर्षसम्म निकै कम मात्रै एक दिवसीय क्रिकेट खेल्ने भएकोले यो समय कोहोलीलाई कप्तान बनाउन सके भारतीय क्रिकेट जगतलाई नै माथि उठाउन सकिने उनको तर्क थियो ।

0 comments

Write Down Your Responses