एनसेलको एकसय थान सिम सहित भिओआइपी सञ्चालक पक्राउ

काठमाडौं, जेठ १९ । अवैध रुपमा भिओआइपी सञ्चालन गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ टोखामा बस्ने ३९ वर्षीय दिलबहादुर बोहोरा थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापासँगै प्रहरीले भिओआईपीमा प्रयोग भएको विभिन्न प्रकारका उपकरण पनि पक्राउ गरेको छ । प्रहरीले १६ पोर्टको जिएसएम गेटवे २ थान, त्यसको एन्टीना ३२ थान, ल्यापटप २ थान, ब्याट्री २ थान, ईन्भर्टर १ थान, राउटर १ थान, टिपीलिङक वायरलेस स्वीच राउटर १ थान, एनटिसी वाइमेक्स १ थान, एनटीसी तथा एनसेलका सिमकार्ड १ सय थान, तिनका सिम होल्डर ८६ थान र विभिन्न कम्पनीका डाटा मोडेम ७ थान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

0 comments

Write Down Your Responses