International
»
अदालतमै च्यातियो वकिलको कपडा, अर्धनग्न अवस्थामै निस्किए बाहिर
अदालतमै च्यातियो वकिलको कपडा, अर्धनग्न अवस्थामै निस्किए बाहिर

जेठ २६ – चीनको एक अदालत बाहिर सबै कपडा च्यातिएको अवस्थामा उभिएका एक वकिलको फोटो सार्वजनिक भएपछि अदालतको आलोचना भइरहेको छ । कपडा च्यातिएको अवस्थामा छिङसियू जिल्ला अदालत परिसरमा उभिएका ती वकिलको कपडा प्रहरीले च्यातेको बताइएको छ ।
वकिल उ लिङसिउ र अरु केही वकिलले उको कपडा तीन जना प्रहरीले च्यातेको बताएका छन् । अदालतमा दुई जना न्यायधीशका अगाडि एउटा मुद्दा दर्ता गर्ने बारे कुरा भइरहँदा उनको कपडा च्यातिएको बिबिसीले जनाएको छ । चीनमा वकिललाई दुःख दिने, बहसमा कठिनाइ ल्याउने, हिरासतमा लिने र कतिपय अवस्थामा थुन्नेसम्मका काम भइरहेका छन् ।
कपडा च्यातिदिएपछि उनलाई नयाँ कपडा दिन खोजिएको थियो । तर उनले भने, ‘होइन पर्दैन, धन्यवाद ।’ उनी कपडा च्यातिएकै अवस्थामा आफ्ना सामान बोकेर अदालतबाट बाहिरिएका थिए । च्यातिएको सटको खल्तीमा उनको कलम अझै झुण्डिरहेको थियो ।
वकिलले प्रतिक्रियामा भनेका छन्, ‘मलाई त्यस्तो केही आश्चर्य लागेन, यस्ता घटनाहरु यसभन्दा अघि पनि सुनिँदै आएको हो तर आफैसँग यस्तो होला भनेर सोचिएन ।’ अदालतका अधिकारीहरुले ती वकिलले आफ्नो मोवाइल फोनमा अदालतको गतिविधि रेकर्ड गरिरहेको र मोवाइल माग्दा नदिएको बताएका छन् । उनीहरुले फोन लिन खोज्दा वकिलसँग जवर्जस्ति भएको तर नपिटेको बताइएको छ ।
चीनमा हजारौँ वकिलले अदालतभित्रको सिसिटिभी फुटेज सार्वजनिक गरेर सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । चीनमा वकिलहरुको संस्थाले यो घटनाको भत्र्सना गरेका छन् ।
0 comments
Write Down Your Responses