पृथ्वीको विनास हुने पक्कापक्की : महान बैज्ञानीकले दिए डरलाग्दाे प्रतिक्रीया

Capture-9एजेन्सी– पृथ्वीको अन्त्यका विषयमा पछिल्ला दिनहरुमा फरक–फरक प्रतिक्रिया आइरहेका छन् । यसैबीचमा २१ औँ शताब्दीका सवैभन्दा तेज खगोलविद् तथा भौतिकशास्त्री स्टेफन हकिंग्सले मानिस र विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको प्रगतिका कारण उत्पन्न खतरालाई चिर्नका लागि आउँदो सय वर्षसम्म निकै संयमता अपनाउनु पर्ने बताएका छन् ।क्याब्रिजका ७४ वर्षीया प्रोफेसर स्टेफनले परमाणु, इन्जिनियरिङ भाइरस, न्यूक्लिएर युद्ध, ग्लोवल वार्निङका कारण पुथ्वीको विनाश हुन सक्ने कुरालाई नकार्न नसकिने बताएका छन् । उनले जेनेटिक इन्जिनियरिङ भाइरसको निकै खतरा रहेको बताउँदे यो इबोलाभन्दा धेरै खतरा रहेको खुलासा गरे । उनले यस्ता भाइरसको लिस्ट निकै लामो भएको बताउँदै यसमा जीका भाइरस, वर्डफ्लु र स्वाइन फ्लु पनि सामेल रहेको बताए । रेडियो टाइम्ससँगको साक्षात्कारमा उनले एक हजारदेखि १० हजार वर्षसम्ममा पृथ्वीमा ठूलो क्षति या विनाश हुने प्रवल सम्भावना गरेको बताए । उनले सय वर्षपछि मानिस पृथ्वी बाहिर बस्नसक्ने प्रविधिको विकास हुने बताउँदै यसलाई चिर्न विश्वमा देखिएका खतराहरुलाई चिर्नुपर्ने बताए । आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त र क्वान्टम मेकानिक्सलाई संयोजन गरि खगोलिय सिद्धान्त अघि सार्ने उनी पहिलो भौतिकशास्त्री हुन्। काठमाण्डु टुडेबाट

0 comments

Write Down Your Responses