Entertainment
»
नाना पाटेकरले जस्तो अभिनय गर्न सक्दिन : अमिताभ बच्चन
नाना पाटेकरले जस्तो अभिनय गर्न सक्दिन : अमिताभ बच्चन

एजेन्सी। भारतीय प्रख्यात अभिनेता अमिताभ बच्चनले आफुले अर्का प्रख्यात भारतीय अभिनेता नाना पाटेकरले जस्तो अभिनय गर्न नसक्ने बताएका छन् ।
जसका कारण अमिताभले मराठी चलचित्र ‘नटसम्राट’ को हिन्दि रिमेकमा काम नगर्ने बताएका थिए।
अमिताभलाई यो फिल्ममा नाना पाटेकरले अभिनय गर्ने भनिएको रोलमा भूमिकाको प्रस्ताव मिलेको थियो।
अमिताभ बच्चनले एक साक्षात्कारमा बीबीसीलाई बताए, “महेश मांजरेकर ले ‘नटसम्राट’ को हिन्दि रीमेकको लागि मलाई प्रस्ताव गरिएको थियो, तर नाना पाटेकरको उत्कृष्ट अभिनय देखे पछि मैले फिल्म नगर्ने भनिदिएँ। ”
उनले त्यो प्रस्ताव अस्विकार गर्नुको कारण नाना पाटेकरले जस्तो उत्कृष्ट अभिनय गर्न नसक्ने बताएका छन्।
नटसम्राट आफैमा सक्षम कृति भएको र त्यसमा नाना पाटेकरले अद्भुत काम गरे त्यसका कारण उनको अभिनय आफुले गर्न सक्छु जस्तो नलागेको अमिताभले बताए।
त्यो फिल्म अरु कसैले गर्लान तर मैले पाटेकरको त्यो कामलाई आफु संग तुलना गर्ने नसक्ने अमिताभले बताए।
0 comments
Write Down Your Responses