५ स्टार जसका आमाले उनीहरूको फिल्म कहिल्यै हेर्न पाएनन्
संजय दत्त: आजको दिनसम्म संजयकी आमा हुँदी हुन् त उनी ८७ वर्षकी हुने थिइन्। उनको निधन सन् १९८१ मा भएको थियो। संजय 'रक्की' फिल्मबाट बलिउडमा डेब्यू गर्ने तरखरमा थिए। दुर्भाग्य क्यान्सरबाट पीडित संजयकी आमा नरगीसको 'रक्की' फिल्मको प्रिमियरको ठीक ३ दिन अगाडी निधन भयो। यस्तो भएपछि 'रक्की' फिल्मको प्रिमियरमा नरगीसका लागि भनेर एक सिट खाली राखिएको थियो।
शाहरूख खान: शाहरूख खानकी आमाको निधन पनि उनी अभिनेता बन्नु अगावै भइसकेको थियो। शाहरुखले बेलाबेलाम आफ्ना अन्तरवार्ताहरूमा उनकी आमालाई आफ्नो सुपरस्टार छवि देखाउन नपाएको दु:ख लाग्ने गरेको बताउने गरेका छन्।
सुशान्त सिंह राजपुत: टिबी हुँदै बलिउड अभिनेता बनेका सुशान्त सिहं राजपुत पनि अर्का त्यस्ता अभिनेता हुन् जसको पहिलो फिल्म हेर्नेबेलासम्म आमा संसारमा रहिनन्। उनले आफू १६ वर्षको हुँदा आमालाई गुमाइसकेका थिए।
अर्जुन कपुर: 'इश्कजादें' फिल्मबाट बलिउडमा डेब्यू गरेका अर्जुन कपुरकी आमाले पनि अर्जुनको पहिलो फिल्म हेर्न पाइनन्। उनी अर्जुनको फिल्म रिलिज हुनु करिब डेढ महिना अघि बितेकी थिइन्।
प्रतिक बबर: बलिउडमा सम्भवत सबैभन्दा अभागी प्रतिक बबर रहे। उनी चर्चित अभिनेत्री स्मिता पाटिलका छोरा हुन्। प्रतिक जन्मेको केहि दिनपछि नै उनको प्रसुति जटिलताका कारण निधन भएको थियो।

0 comments
Write Down Your Responses