National
»
यस्तो भएपछि पेरिसमा पोखियो रानीको रिस ......
यस्तो भएपछि पेरिसमा पोखियो रानीको रिस ......

बलिउड अभिनेत्री रानी मुखर्जी यतिबेला आफ्नी छोरी आदिरासँग पेरिसमा छिन्। उनका पति आदित्य चोपडाले 'बेफिक्रे' निर्देशन गरिरहेकाले रानी पनि सँगै छिन्। बलिउडमा हालैका वर्षमा आमा बनेका अभिनेत्रीहरूका सन्तानका फोटो सार्वजनिक भए पनि रानीकी छोरीको कुनै पनि तस्विर सार्वजनिक भएको छैन्।
रानी आफ्नी छोरीको तस्विर सार्वजनिक नहोस भन्ने चाहन्छिन् र फोटो कसैले नखिचोस भनेर सावधान रहन्छिन्। तर, पेरिसमा उनको यही प्रयासका कारण उनी तनावमा परिन् र रिसाउनुपर्ने अवस्था समेत आयो। प्रशंसकहरूले जबरजस्ती उनको र छोरीको तस्विर लिन खोजेपछि केहि असहज स्थिति पैदा भयो।
फोटो लिन खोज्ने प्रशंसकहरूलाई रानीले चेतावनी दिएको बताइन्छ। रानी र रानीका सहायकलाई सो प्रशंसकहरूको भीडलाई रोक्न धेरै गार्हो परेको थियो। प्रशंसकहरूले जबरजस्ती गरेकोमा रानी रिसाएकी थिइन्। श्रोतका अनुसार त्यतिबेला रानीको रिस हेर्न लायकको थियो। त्यस लगत्तै उनी सुटिङ्स्थलबाट होटल फर्किएकी थिइन्।
0 comments
Write Down Your Responses