सेक्स जबरजस्ती होइन, चियाले सिकाउँछ (हेर्नुस भिडियो)

teaएजेन्सी । एउटा साह्रै सजिलो काम छ, जो हरेक दिन गरिन्छ । त्यो हो चिया बनाउनु र पिउनु । अझ अरुलाई चिया पिलाउनु खुशीकै रुपमा लिइन्छ । कहिलेकाहिँ चियामा चर्चा हुन्छ भने कहिलेकाहिँ अन्य चर्चा गर्न पनि चिया पिइन्छ । यसपल्ट पनि चियाको चर्चा विश्वभर भइरहेको छ किनभने चियाको तुलना यौनसँग जो गरिएको छ । हो त, अचम्म त लाग्यो होला नै । त्यो पनि कसले गर्यो थाहा छ ? बेलायतको प्रहरी प्रशासनले । अक्सर यौनहिंसासँग जोडिएको मुद्दामामलामा सहमति वा राजीखुशी भन्ने कुरालाई उलंघन गरिएको हुन्छ, त्यो चाहे श्रीमतिसँग किन नहोस् वा गर्लफ्रेन्ड । बाहिर गरिने जवर्जस्ति करणी त ठूलै अपराध भइगयो । सहमतिबिनै गरिएको शाररिक सम्बन्ध हिंसा हो भनेर जसले जति सम्झाए पनि पुरुष मान्नेवाला कहाँ छन् र ? किनभने यसैलाई त पुरुषार्थ ठानेका छन् उनीहरुले ।

 उनीहरुलाई के भ्रम हुन्छ भने गर्लफ्रेन्ड वा श्रीमतीसँग यौन सम्बन्ध अलि जोडबल गरेरै राख्नुपर्ने हुन्छ । श्रीमती वा गर्लफ्रेन्ड भएपनि यौन सम्बन्ध राख्नुअघि उनीहरुसँग सहमति लिइनु कति जरुरी हुन्छ भन्ने सम्झाउन प्रहरीले बनायो एउटा भिडियो । तुलना गरियो चियासँग । भएन त अचम्म ! जहाँ बताइएको छ, जसरी चिया जबर्जस्ति खुवाइदैन, त्यसैगरी यौन सम्बन्ध पनि जर्बजस्ति राख्ने कुरा होइन । हो, जब केही कुरा जर्बजस्ति गरिन्छ, त्यो अपराध हो ।यसमा कुरा चियाकै भइरहेको छ । अब चियाको ठाउँमा यौनलाई राखेर कल्पना गर्नुहोस् त ? त्यसपछि तपाईंको दिमागले अटामेटिक केही कुरा सम्झाउँछ । जम्माजम्मी ३ मिनेटको भिडियोमा स्पष्टसँग भनिएको छ, जब चिया जबर्जस्ति पिलाइन्न, पिउनेको अनुमति मागिन्छ । किन ‘चिया पिउने हो ?’ भनेर सोधिन्छ भने उसको मुड नहुन पनि सक्छ भन्ने लागेर हो । सेक्स वा एक गिलास चिया ?
 – यदि ऊ भन्छ कि चिया पिउँदिनँ, धन्यवाद । त्यसो भन्यो भने तपाईं चिया नबाउनुहोस् । बनि नै सकेको छ भने पनि नपिलाउनुहोस् । किनभने उसलाई चिया पिउनु नै छैन । 
 – कहिलेकाहिँ चियाका लागि ‘हुन्छ’ भनिहालिन्छ । तर, चिया बन्ने क्रममा मुड फेरिन्छ । उसले पिउँदिनँ भन्छ । यतिबेला पनि पताईं जबर्जस्ति चिया पिलाउनु सक्नुहुन्न । 
 – यदि ऊ सुतेको वा बेहोशी अवस्थामा छ भने त झन् चिया पिलाउने कुरै भएन । 
 – कुनै निश्चित दिन उसले चिया पियो लौ । अर्काे हप्ताको त्यही दिन उसले चिया पिउँछ नै भन्ने ग्यारेन्टी छ ?
 भन्न सकिन्छ
– अस्ति त आजकै दिन चिया खा’थिस् आज किन खान्नस् । वा जर्बर्जस्ति मुखमा हाल्न सकिन्छ ? 
 – बेलुका चिया पिउने गरेको थियो । त्यो दिन मुड चलेन । उसले चिया पिइनँ । अनि भोलि बिहान उठ्नबित्तिकै जर्बर्जस्ति चिया पिलाउन सकिन्छ ? 
 अरे, यस्तो किन हुन्छ ? किनकि तपाईंलाई थाहा छ, चिया पिउनका लागि उसलाई मन लागेको हुनुपर्यो नि । यो पनि थाहा छ उसको मन नभइ चिया पिउन कर गर्नु राम्रो कुरै होइन । अनि, जब सेक्सको कुरा आउँछ, त्यहाँ जबरजस्ति किन के ? त्यसैले, कुरो चियाको होस् यौनको । सहमति त लिनुपर्छ नि, हैन ?

0 comments

Write Down Your Responses