अर्चनासामु अध्यक्ष राई यसरी बने नतमस्तक ...

काठमाडौं, २० जेठ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई फेरि एकपटक बिबादको घेरामा परेका छन् । सधै बिबादमा आइरहन रुचाउने राई यसपटक भने अलि फरक प्रसंगमा बिबादमा परेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । नाङ्गा शरीर देखाएर फिल्म खेलेका युवतीहरूको प्रसंशा गरेर राई बिबादमा तानिएका हुन् । यसको जल्दोबल्दो उदाहरण चलचित्र ‘छेस्को’ की नायिका अर्चन पनेरुको नाङ्गो तस्बिरको प्रसंशा गरेका कारण राई बिबादमा तानिएका हुन् । केही पहिले चलचित्र क्षेत्रमा अर्चनालाई भित्र्याउनु हुँदैन भनेर उनै राईले प्रतिवाद गरेका थिए । अर्चनालाई अभिनयमा लिने चलचित्र नै बन्द गराउनु पर्छ भन्दै ठूला अभिब्यक्ति दिने अध्यक्ष राई अहिले उनै अर्चना र उनको चलचित्रलाई शुभकामना दिँदै हिँड्न थालेका छन् । प्रशंग हो–चलचित्र ‘छेस्को’ले सोमबार आयोजना गरेको एक कार्यक्रम । जसमा विकास बोर्ड अध्यक्ष राजुकमार राई प्रमुख अतिथि बनेका थिए । उनले कार्यक्रममा चलचित्रका साथै चलचित्रकी अभिनेत्री अर्चनालाई समेत शुभकामना दिए । स्मरणयोग्य कुरा के छ भने केही पहिले इजाजत नलिई फ्लोरमा गएको अनि पोर्नस्टार बन्छु भन्दै हिँड्ने अर्चनालाई चलचित्रमा लिएको भन्दै चलचित्र टिमलाई शूटिङबाटै चलचित्र विकास वोर्डको पहलमा प्रहरीबाट पक्राउ गराएका थिए राईले । तर, अहिले उनै अध्यक्ष राई तिनै अभिनेत्री अर्चनालाई शुभकामना दिनुलाई ‘दालमे कुछ काला है’ भन्ने तरिकाबाट हेर्न थालिएको छ ।

0 comments

Write Down Your Responses