रोनाल्डोको सानदार कमव्याक, पोर्चुगलले हान्यो सात गोल
युरो कप २०१६ को तयारी निकै जोड तोडसँग गरिरहेको पोर्चुगलले इस्टोनियाँलाई ७–० गोलले पराजित गरेको छ । पोर्चुगलका लागि क्रिस्चियानो रोनाल्डो र रिकार्डो क्वारेस्माले दुईदुई गोल गरेका थिए । त्यस्तै डानिलो, इडर एकएक गोल गरेका थिए । कारोल मेट्सले भने आत्मघाती गोल गरे । ३१ वर्षिय रोनाल्डो च्याम्पियन्स लिग पश्चात पहिलोपटक खेल खेलेका हुन् । पोर्चुगल क्यापटेन समेत रहेका उनी हाफ टाइममा मैदान छाडेका थिए । ग्रुप एफमा रहेको पोर्चुगल आइसल्याण्ड, अष्ट्रिया र हंगेरीसँग सामना गर्दैछ ।


0 comments
Write Down Your Responses