ब्राजिलले हान्यो सात गोल

अमेरिकामा भइरहेको कोपा अमेरिका २०१६ कपमा ब्राजिलले सानदार जित हात पारेको छ । भर्खरै सकिएको खेलमा ब्राजिलले हाइटीलाई ७–१ गोलले पराजित गरेको छ । ब्राजिलका लागि फिलिपिनो कउटिन्होले ह्याट्रिक गरेका छन् । उनले खेलको १४, २९ र ९१ औ मिनेटमा गोल गरेका थिए । त्यस्तै रिनाटो अउगस्टले दुई गोल गरे । ग्राबिएल र लुकास लिमाले एकएक गोल गरे । हाइटीका लागि जे मार्सेलिनले ७० औ मिनेटमा सान्तोना गोल गरे । यो जितसँगै ग्रुप ‘बि’ मा ब्राजिल ४ अंकका साथ शिर्षस्थानमा रहेको छ ।

0 comments

Write Down Your Responses