चट्याङले जलविद्युत् आयोजना ध्वस्त

भोजपुर । गएराति परेको चट्याङ्का कारण भोजपुरको पूर्वी बालङ्खा गाविसमा रहेको बुवाखोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । राति २ः३० बजेतिर परेको चट्याङ्ले ११ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना पूर्णरुपमा क्षति भएको छ । चट्याङले १५ भन्दा बढी घरमा क्षति पुगेको छ । पोलमा अर्थिङ नभएका कारण चट्याङ परेको हुन सक्ने स्थानीयवासीको भनाइ छ । चट्याङमा परी पाँच जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीयवासी राजकुमार खत्रीले जानकारी दिए । सो आयोजनाबाट बालङ्खा ८९ घरमा विद्युत् वितरण गरिएको थियो । रासस

0 comments

Write Down Your Responses