पैसा कमाएर परिवार सुन्दर बनाउने सपना लिएर मलेसिया गएका रुपेश कफिनमा पोको परेर घर फर्कीए…!!

Captureइलाम, २७ जेठ । स्वदेशमा रोजगारीको अभाव, स्थानीय स्तरमा रोजगारीको सृजना नहुनु, घरखर्च दिनानुदिन बढदै जानु, परिवारको जिम्मेवारी बढदै जानुले नेपाली युवालाई रोजगारीका लागि विदेश जान बाध्य बनाएको छ । थोरै भएपनि पैसा कमाएर ल्याऔ, आफ्ना बाल बालीकालाई राम्रो शिक्षा दिक्षा दिऔ सम्भवत अधिकाशं नेपालीको चाहना पनि त्यहो हो । तर कतिपयको यो चाहना केवल चाहनामा मात्र सिमति बन्दछ । यस्तै एउटा सुन्दर सपना बोकेर वैदेशिक रोजगारीमा गएका इलाम दानाबारी–३ गगटेका २६ वर्षीय प्रदीपकुमार राई ‘रुपेश’ बाकसमा प्याकिङ भएर स्वदेश आएका छन् । थोरै भएपनि पैसा कमाउने सपना बोकेर मलेसिया पुगेका रुपेशले अब परिवारलाई कुनै खुसी दिने छैनन दिने छन त केवल आजीवन पीडा । उनी कफिनमा पोको परेर घरमा आइपुगे । गाउँमा रहँदा समाज सेवामा सकृय राई १३ महिना अघि मलेसिया गएका थिए । उनको गत जेठ २० गते मलेसियामा निधन बताईएको छ । मलेसियाको चिली चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनीमा काम गर्दै आएका रुपेशको रक्तचाप कम भएपछि उपचारमा ढिलाई हुँदा ज्यान गएको बताइएको छ । राई २०७२ वैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिजमार्फत मलेसिया गएका थिए । राईको परिवारमा बाजे, बुवा,आमा, श्रीमती सुनिता तथा दुई छोरीहरु रहेका छन् ।

0 comments

Write Down Your Responses