अमेरिकी सरकार नै नेपालसँग बिन्ती गरिरहेको छ

काठमाण्डु, ३२ जेठ– सरकारले नेपाली सेनाका लागि साना र ठूला गरि ४ वटा हेलिकप्टर खरिद गर्ने अनुमति दिएपछि अमेरिकी हेलिकप्टर कम्पनीले नेपालस्थित अमेरिकी दुतावासलाई प्रयोग गरेर खरिदका लागि लविङ तिव्र पारेको छ । विश्वमा विभिन्न देशका सेनालाई हेलिकप्टर सप्लाई गर्दै आएको अमेरिकी इन्स्ट्रोम हेलिकप्टर कर्पोरेसनले आफ्नो कम्पनीको हेलिकप्टर खरिद गर्नका लागि सरकारलाई नै आग्रह गरेको छ । अमेरिकाको मिचिगन राज्यमा रहेको सो कम्पनीले उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावललाई एउटा पत्र पठाई आफ्नो कम्पनीले एसियालगायत विश्वका ४० देशका सेनाका लागि उक्त हेलिकप्टर उपलब्ध गराउँदै आएकाले आफ्नो कम्पनीको हेलिकप्टर खरिद गर्ने व्यवस्था मिलाइदिनसमेत आग्रह गरेको छ । नेपाल समाचार पत्रबाट

0 comments

Write Down Your Responses