भैसीलाई पानी खुवाउन हिडेकी महिलामाथि सामुहिक बलात्कार

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने महिलामाथि सामुहिक बलात्कार भएको छ । भैसी चराउँदै करिब ७ बजे साँझ वबइ खोलामा पानी खुवाउन गएकी ३५ वर्षे चौधरी महिला आइतबार बलात्कृत भएकी हुन् । अउनको अवस्था गम्भीर छ । सोमबार साँझसम्म पनि उनी अर्धचेत अवस्थामा छिन् । टाउकोमा गम्भीर चोट लागको छ । शरीरभरी दाँतले टोकके डाम छन् । हातखुट्टामा रसीले बाँधेका जस्ता देखिने छाप छन् । रक्तस्राव रोकिएको छैन । 

 आइतबार साँझ आफन्तले उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल ल्याएका थिए । टाउकोको चोट गम्भीर भएको र महिला अचेत भएकाले उपचार हुन नसक्ने बताउँदै अस्पतालले भैरहवा मेडिकल कलेज रिफर गरेको छ । बलात्कारमा चन्द्रौटामा रहेको विन्दवासिनी गणका १० जना सशस्त्र प्रहरी संलग्न रहेको महिलाले सांकेतिक भाषामार्फत आफन्तलाई बताएकी छिन् । हातखुट्टा बाँधेर १० जनाले पालैपालो बलात्कार गरे उनको बोली उद्धृत गर्दै भाउजुले बताइन् । नमानेपछि टोक्ने, ढुगाांमा ठोक्ने र कुट्ने पनि गरेका थिए । ती महिला राति घस्रिदै नजिकैका छिमेकीको घरमा आएर गुहार मागेकी थिइन् कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses