मेनिया अर्थात् गफ दिने र आफूलाई ठूलो ठान्ने रोगबारे जानौं

आफूलाई अरूभन्दा ठूलो ठान्ने, आफूमा अरूले गर्न नसक्ने काम पनि गर्न सक्ने गुण छ भन्दै बारम्बार भन्ने , आफुलाई फूर्तिलो, सिपालु, जोसिलो र राम्रो ठान्ने, तडकभडक निकै गर्ने र एउटा काम नसक्दै अर्को सुरु गर्ने पनि एक खालको रोग हो । यस्तो लक्षण देखाउने रोगलाई मेनिया भनिन्छ । एकपटक मेनिया भएको बिरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरीएको अवस्थालाई वायोपोलार एफेक्टिभ डिस्अर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिम्टम देखिन्छन् । यो कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ । मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ ।

 विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन, एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छ । विरामी आनन्दित कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु म नेता बन्छु भन्छ । त्यस्तै विरामीमा पैसा बाढ्छु भन्ने, कुरा बढाई चढाइ बोल्ने, राती २/३ घण्टा मात्र सुत्ने, गीत गाउने, अग्रेजी बोल्ने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने लक्षण देखाउँछ । विरामी बढी ‘टेलेन्ट’ जस्तो देखिन्छ । मेनिया जस्तो लक्षण भएको तर मेनिया जती वढी उत्तेजित नभएको अवस्था हाइपोमेनिया हो । यो रोग पटकपटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनाहरु समाजमा पटकपटक देखिरहन्छन् । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौं घटना घट्न सक्छन् । 

मेनिया रोगका लक्षणहरु घमण्डी बन्ने, बढी फूर्ती लगाउने । धेरै खुशी हुने तर, भनेको नमाने झनक्क रिसाउने । बढी आशवादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने । मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने । वढी पैसा माग्ने वा खर्च गर्ने । पटक पटक ऐना हेरीरहने । २,३ घण्टा सुते पनि निद्र पुग्ने । यौनमा बढी रुचि हुने । एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने । अरु देखि शंका गर्ने । यो रोग डिप्रेसनको उल्टो रुप मानिन्छ । पटकपटक दोहारिन सक्छ, कहिलेकाही अर्कोपटक डिप्रेसन हुन पनि सक्छ । यो रोगमा पुरुषमा यौन ट्रान्समिटेड डिजिज र महिलामा गर्भ रहने खतरा रहन्छ । मेनिया रोगबारे जान्नैपर्ने कूरा मेनिया रोगका विरामी घमण्डी हुन्छन् । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् । त्यसैले यस्ता विरामीसंग अनावश्यक बादविवाद गर्नु हुदैन । 

नम्र भएर कुरा गर्नुपर्छ । मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ । मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ । सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनुपर्छ । वा अस्पतालमा सम्पर्क गर्नुपर्छ । लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्दगरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम टक्सिसिटीबाट बचाउन सकिन्छ । मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाक्टरको सल्लाहबाट मात्र छाड्नुपर्छ । 

 कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ? अनावश्यक कुरामा एकोहोरो गहिरो सोचार्ई नगर्ने । अर्काको उपलब्धीलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । पुराना रुढिवादी कुरामा विश्वास गर्नु हुदैन । हरेक काममा खुसि, सुखि तथा सन्टुष्ट बन्ने लागुपर्दाथ तथा दूब्र्यसनीबाट टाढा रहने अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने मनका कुरा अरुलाई भन्ने वानी गर्ने 

– डा. सि पी सेडाई , नशा तथा मानसिक रोग बिशेषज्ञ, चितवन मेडिकल कलेज 

0 comments

Write Down Your Responses