Health
»
कसले भन्छ हस्त मैथुनले हानि गर्छ? महिनामा २१ पटक हस्तमैथुन गरेर विर्य फ्याक्नुहोस, क्यान्सर मुक्त रहनुहोस ...
कसले भन्छ हस्त मैथुनले हानि गर्छ? महिनामा २१ पटक हस्तमैथुन गरेर विर्य फ्याक्नुहोस, क्यान्सर मुक्त रहनुहोस ...

बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने एक अमेरिकी अध्यनले देखाएको छ । बढी वीर्य नाश गर्दा स्वास्थ्यमा कस्तो अशर गर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् ।
१८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो । सन् १९८२ देखि २०१० को अवधिमा करिब ४ हजार पुरुषको प्रोस्टेट क्यान्सरको उपचार गरिएको थियो ।वीर्य निस्काशन गर्ने आवृत्ति धेरै हदसम्म पुरुषको स्वास्थ्यसँग जोडिएको छ । किनकी सबैभन्दा थोरै पटक वीर्य पतन गर्ने (० देखि ३ पटक प्रति महिना) पुरुषमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या र विशेष गरी प्रोस्टेट क्यान्सरबाट मर्ने गरेको पाइयो,’ अध्ययन टोलीका नेता जेनिफर रिडर भन्छन् ।
‘वयस्क अवस्थामा सुरक्षित यौन गतिविधि र वीर्य निस्काशनले प्रोटेस्ट क्यान्सरको खतरा घटाउछ,’, रिडर भन्छन् । १५ प्रतिशत नयाँ क्यान्सर हुनुमा प्रोटेस्ट क्यान्सरका मुख्य कारक रहेको युरोपियन युरोलोजीमा प्रकाशित सो अध्ययनमा उल्लेख छ । जीवन शैलीमा ल्याउने परिवर्तनले यो क्यान्सर घटाउने वैज्ञानिकहरुको भनाई छ ।
वीर्य निस्काशनको आवृत्ति र क्यान्सरबीचको सम्बन्ध पहिचान गर्न रिडर र उनका सहकर्मीले सहभागीलाई उनीहरुको यौन स्वास्थ्य, मेडिकल रेकर्ड तथा ल्याब परीक्षणबारे विभिन्न प्रश्नको जबाफ दिन लगाएका थिए । अध्ययन अनुसार महिनामा तीन पटकसम्म वीर्य फाल्ने पुरुषमध्ये १ सय ९२ लाई सो क्यान्सर भएको पाइएको थियो । सहभागीमध्ये १ हजार ४२ ले महिनामा ४ देखि ७ पटक वीर्य फाल्ने र १५ सय ९ जनाले ८ देखि १२ दिन फाल्ने बताएका थिए । त्यस्तै ८०७ जनाले १३ देखि २० पटक फाल्ने बताएका थिए ।
0 comments
Write Down Your Responses