अब श्रीमानको मोबाइल चेक गरे महिलालाई जेल हालिने ....

husband phoneएजेन्सी । श्रीमानको मोबाइल चेक गर्ने अधिकार हरेक नारीले खोज्छन् । तर अब श्रीमतीले आफ्नो श्रीमानको मोबाइल चेक गरे जेल सजाय हुने भएको छ । साउदी अरबमा महिलाको बिरुद्धमा नयाँ नियम लागु भएको छ । यदि कुनै महिलाले श्रीमान्को मोबाइल चेक गरीन् भने उनलाई शारीरिक दण्ड हुने र कोरा लगाएर हान्ने अधिकार दिएको छ । र उनलाई पैशाको जरिवाना पनि तिर्नुपर्ने हुन्छ । वा एकैचोटी यी तीनवटै सजाय पनि हुन सक्ने प्राबधान ल्याइएको छ । वकिल मोहम्मद अल तेमायतले भने अनुसार यदी महिलाले श्रीमानको मोबाइल चेक गरिन् भने व्यत्तिगत स्वतन्त्रताको हननकोा आरोप लगाएर मुद्धा लागाइनेछ । यो देश इस्लामिक कानुनको सिमामा पर्दैन । यो कानुन अहिले सार्वजनिक भएसंगै साउदीमा ट्वीटरमा निकै चर्चा हुन लागेको छ ।

0 comments

Write Down Your Responses