अझै पनि धरापमा ओली ,सरकार जुनसुकै बेला खस्न र झर्नसक्ने खतरा ....
मंगलबार, २८ वैशाख
काठमाडौं । तीन दिनअघिमात्र आफूलाई सत्ताच्यूत गराउने कसरतलाई पराजित गर्न सफल प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार अझै पनि धरापमा रहेको बताएका छन् ।
एमाले संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै स्वभावजन्य ठट्यौली भाषामा उनले भने, ‘नीति तथा कार्यक्रम आवश्यकताअनुसार मात्र हुँदो रहेनछ ।यसका सामाजिक पक्षलगायतका विषय हुन्छन, सरकारको पनि सीमा छ, फेरि सरकार आफैं हिलारी हिलजस्तो ठाँउमा छ ।’
त्योसँगै उनले सरकार ‘हिलारी हिल’जस्तो धरापमा रहे पनि आमनिर्वाचनसम्म आफैं नेतृत्वमा रहने अभिव्यक्ति दिएर प्रतिकूल परिस्थितिमा संसद विघटनसम्म जाने संकेत पनि दिए । यसअघि संसदमा सम्बोधन गर्दै उनले बिहीबार संसद विघटन गर्ने कुनै सोच नरहेको बताएका थिए ।
संसद्मा पेस भएको सरकारको नीति तथा कार्यक्रममा छलफल तयारीका लागि सोमबार बसेको एमाले संसदीय दलको बैठकमा उनले सगरमाथा आरोहण गर्दा शिखरमा पुग्ने बेलामा खतरनाक चुचुरो रहेको र त्यहाँबाट जुनसुकै बेला खस्न र झर्नसक्ने खतरा भएको बताएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले वर्तमान सरकारलाई म्यादी भनी टिप्पणी गरिएकोमा समेत सहमति जनाए । आजको अननपुर्णमा समाचार छ ।


0 comments
Write Down Your Responses