मोटोपन सजिलै घटाउने यो हो अचुक उपाय थाहा पाउनुहोस ....
दैनिक दौडधुपका कारण मानिसमा मोटोपनको समस्या बढदै गएको छ । यो समस्याले धेरैलाई सताईरहेको छ । दैनिक खान पानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ । जसका लागि निम्न कुरामा ध्यान दिनु जरुरी छः
बिहान उठेपछि कागतीको जुस पिउनु पेट घटाउने सबैभन्दा राम्रो उपाय हो । दैनिक रूपमा कागतीको जुस पिउनाले पेट घटाउनका लागि निकै मद्धत गर्छ । शरिरमा अन्य खानाभन्दा फलफुलको मात्रालाई बढाउने । सकिन्छ भने बिहान र बेलुका फलफुल खाने । यसले शरिरमा आवश्यक पर्ने एण्टी अक्सिडेन्ट, मिनेरल्स र भिटामिनको मात्रालाई पुरा गर्न मद्धत गर्छ ।
सकेसम्म खानामा चामलको प्रयोग नगर्नुस्, यसको विकल्पमा गँहुको प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ । गुलियो खानेकुराबाट टाढा रहने । यस्तै, चिल्लो पदार्थ धेरै भएको खाना समेत नखाने । धेरै पानी पिउने । समय समयमा पानी पिउनाले शरिरमा रहेको टक्सिनहरू हटाउन मद्धत गर्छ ।
२-३ वटा काँचो लसुन दैनिक रूपमा बिहान खाने र सँगसँगै मनतातो कागतीपानी पिउनाले पनि पेट घटाउनका लागि मद्धत गर्छ ।


0 comments
Write Down Your Responses