ओली सरकारलाई यसरी लाग्यो फेरि ठूलो झट्का ...

काठमाडौं, २८ वैशाख । सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लिखित ‘शैक्षिक प्रमाणपत्र राखेर ऋण दिइने’ कार्यक्रम सुन्दा लोकप्रिय लागेपनि कानुनी र प्राविधिक रुपमा सम्भव नहुने सरोकार पक्षले औँल्याएका छन् । सरकारको नयाँ कार्यक्रमबारे टिप्पणी गर्दै बैंकरहरुले त्यरी ऋण उपलब्ध गराउन नसकिने प्रस्ट पारे । नागरिक दैनिकले समाचार छापेको छ । प्रमाणपत्रका आधारमा ऋण लगानी गर्न कानुनी आधारै नरहेकाले असुलउपरको जिम्मा जमानत सरकार आफैले लिएमात्र यो कार्यक्रम सम्भव हुने उनीहरुको भनाई छ । ‘वर्तमान अवस्थामा बैँकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सक्ने अवस्था छैन’, नेपाल बैँकर्स संघका उपाध्यक्ष अनिल साहले भने । बैंकरका अनुसार यसरी ऋण झिक्न सरकार नै जमानी बस्नुपर्छ । नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक भाष्करमणि ज्ञवालीले सरका नै ग्यारेन्टी नबस्दासम्म बैंकले ऋण दिन नसक्ने बताए ।

0 comments

Write Down Your Responses