National
»
देउवालाई प्रम अाेलीकाे जवाफ – ‘०७४ माघसम्म यो सरकार म्यादी नै हो’
देउवालाई प्रम अाेलीकाे जवाफ – ‘०७४ माघसम्म यो सरकार म्यादी नै हो’

काठमाडौं, बैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय निर्वाचन सम्पन्न नभएसम्म सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
आगामी जेठ १५ मा बजेट प्रस्तुत गरेलगत्तै नेतृत्व परिवर्तन गर्ने भद्र समझदारी भएको चर्चा चलिरहेकै बेला ओलीले यस्तो दाबी गरेका हुन् ।
‘कसै–कसैले यो सरकारलाई म्यादी सरकार भनेको सुनिन्छ, कसैले अद्यावधिक सरकारका रुपमा बुझेका छन्, यस्तो बुझाइ एक अर्थमा ठीकै हो, यो म्यादी सरकार नै हो,’
संविधानसभाको ल्होत्से हलमा बसेका एमाले संसदीय दलको बैठकमा सोमबार ओलीले भने, ‘आगामी मंसिरभित्र स्थानीय निर्वाचन गराउनु छ । अर्को २०७४ माघ ७ गतेभित्र संसदीय चुनाव गराएर बिदा लिनुछ । त्यतिबेला सम्म यही सरकार रहन्छ ।’
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses