नक्कली शैक्षिक प्रमाणपत्रमा यसरी फसे नरेन्द्र मोदी ...
नयाँदिल्ली, २८ वैशाख । भारतीय जनता पार्टी (भाजपा)ले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक (बिए) र स्नातकोत्तर (एमए) का शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको छ ।
आमआदमी पार्टीका अध्यक्ष एवं नयाँदिल्लीका मुख्यमन्त्री समेत रहेका अरबिन्द केजरीवालले प्रधानमन्त्री मोदीको प्रमाणपत्र नक्कली भएको दाबी गर्दै आइरहेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
केजरीवालले दाबीसँगै भाजपाले मोदीका शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको हो । मोदीले बिए नयाँदिल्ली तथा एमए गुजरात विश्वविद्यालयबाट पास गरेको भाजपाले जनाएको छ ।भाजपाले सोमबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको मोदीका शैक्षिक प्रमाणपत्रमा फरकफरक नाम उल्लेख छन् ।
मोदीले नयाँदिल्लीबाट बिए पास गरेको प्रमाणपत्रमा नरेन्द्रकुमार दामोदरदास मोदी लेखिएको छ ।
गुजरातबाट एमए पास गरेपछि प्राप्त प्रमाणपत्रमा नरेन्द्रदास मोदी राखिएको छ ।
प्रधानमन्त्री मोदीले सन् १९७७ मा बिए र १९७८ मा एमए परीक्षा उत्तीर्ण गरेका थिए ।
भाजपाका अध्यक्ष अमित शाहले मोदीका फरक नामलाई अन्यथा नलिन आग्रह गरेका छन् ।
dainiknepal


0 comments
Write Down Your Responses