कपाल खसेर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस् ....
शहरीकरणसँगै प्रदुषित हावा र पानीको पहिलो शिकार तपाईं हाम्रो कपाल हुने गर्दछ । यसले कपालमा अनेकन् समस्या थपिएका छन् । यीमध्ये एउटा हो कपाल खस्ने समस्या ।
कपाल कोर्दा काईंयोँमा कपालको मुठा नै आउने गर्छ कहिले काहिँ । पुरुषहरुमा पनि कपाल खसेर हैरान हुने कम्ती छैनन् ।
कपाल खस्ने यो समस्यामा के गर्ने त ? कतिपयले यो स्याम्पु, त्यो तेल भन्ने गर्दछन् । तर केमिकल मिश्रित सेम्पु या तेलले मात्रै त्यो समस्या समाधान गर्न सक्दैन । अझ हरेकको कपाल, टाउको र छाला फरक हुने अवस्थामा झन समस्या पनि थपिन सक्छ ।
यहाँ केही सामान्य घरेलु टिप्सहरु दिएका छन् । यिनको प्रयोग निरन्तर धैर्य राखेर गर्नुभयो भने पक्कै पनि कपाल झर्ने समस्याबाट छुटकार पाउन सकिन्छ । प्रयोग गरेर हेर्नुस् ।नुहाएपछि टाउकोमा घ्युकुमारी दल्ने र १५ मिनटपछि धुने । यसो गर्नाले पनि कपाल झर्ने क्रम रोकिन्छ । सातामा तीनपटक यस्तो गरेमा चाँडै सुधार देख्न पाइन्छ ।
– पानीमा नीमको पात हालेर पानी आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी सेलाएपछि कपाल धुनाले कपाल बलियो हुन्छ । नीमपानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।
– सुकेको अमला तोरी अथवा नरिवलको तेलमा केही बेर भिजाइ मसाज गर्दा कपाल बलियो हुन्छ ।
– राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लाग्नेगरी टाउकोमा दल्ने । ४० मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल झर्ने क्रम रोकिन्छ ।
– प्याज पिसेर यसको रस निकाल्ने, त्यसमा रुवा चोपेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ ।
– ग्रीन टीको दुईवटा ब्याग तीन कप तातो पानीमा डुबाउने र यसलाई नसेलाइञ्जेलसम्म त्यसै छोडिदिने । त्यसपछि सेलाएको पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा कपाल बलियो हुन्छ ।
– अण्डाको पहेँलो भाग हटाइ सेतो भाग कपालको जरासम्म पुग्नेगरी टाउकोमा दल्ने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ ।
– कपाल बढी नै झर्ने गरेको छ भने सातामा पाँच दिन करिब ३० मिनेटका हिसाबले व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा टाउकाको रक्तसञ्चार तीव्र भई अक्सिजन पुग्छ र कपाल कमजोर हुन पाउँदैन ।
– कपाल झर्ने समस्या भएकाले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।
– समयसमयमा कपालमा मेहदी लगाउनाले पनि कपाल बलियो हुन्छ ।
– कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनुपर्छ ।
के नगर्ने रु
– कपाल झर्ने समस्या भएकाले कपाल कसेर बाँध्नु हुँदैन ।
– कपाल भर्ने समस्या छ भने कपाल कोरिरहनु हुँदैन । यसो गर्दा कपाल झर्ने क्रम बढ्न जान्छ ।
– कपाल झर्ने समस्या छ भने घाममा धेरै हिँड्डुल गर्नु हुँदैन । घाममा निस्किँदा छाता बोक्नुपर्छ ।
– कपाल बढी नै झर्ने गरेको छ भने बढी तातो पानीले नुहाउनु हुँदैन ।
– कपाल नझरोस् भन्ने चाहनेले कपाल रंगाउने, स्ट्रेट गर्नु हुँदैन । कपाललाई प्राकृतिक अवस्थामै रहन दिनुपर्छ ।
– कपाल भर्ने समस्या भएकाले नुहाएपछि कपाल जोडसँग पुछ्नु हुँदैन ।
– कपाल झर्ने समस्या छ भने रातो मासु कम खानुपर्छ ।
– फर्सीको बियाँ (सुकाएको), बन्दा, ब्रोकाउली, काउली, दाल आदि बढी खानुपर्छ ।
– जंक फुडमा क्यालोरीको मात्रामात्रै उच्च हुने र अन्य पोषक तत्व नहुने भएकाले यसले कपाल थप झार्न सक्छ ।


0 comments
Write Down Your Responses