किन मागिन् क्याट्रिनाले रणवीरसँग एक सेकेन्ड ?
एजेन्सी – प्रेम सम्बन्धमा लामो समय बिताएका एक जोडी ल अब छुट्टियौँ भन्ने निर्णयसम्म पुगेपछि पनि मनबाट भने एक्कासी छुट्टिन पक्कै गाह्रो हुन्छ । त्यस्तै, एक समय थियो, लवबर्ड भनेर चिनिएका बलिउड स्टार रणवीर कपूर र क्याट्रिना कैफको प्रेम जोडी । उनीहरु जताा पनि सँगै देखिने ब्रेकअप भयो भनेको सुन्दा कतिपय फ्यानलाई अझै पत्यार लागेको छैन । सायद, क्याट्रिना पनि त्यही सोच्दिहुन् । एक अंगे्रेजी अखबारका अनुसार, एक पार्टीमा रणवीर र क्याट्रिना दुवै उपस्थित थिए । त्यहि पार्टीमा उपस्थित अर्को व्यक्तिका अनुसार क्याट्रिनाले रणवीरसँग भनिन्, के हामी हाम्रो सम्बन्धलाई एक अर्को अर्थात् सेकेन्ड चान्स(मौका) दिनसक्छौ ? क्याट्रिना कथित रुपले रणवीरको नजिक फेरि जान इच्छुक देखिन्थिन् । तर, रणवीरले क्याट्रिनाको प्रस्तावलाई स्पष्टरुपले नकारेको थाहा पाइयो । रणवीरको जवाफ सुनेपछि क्याट्रिना मूडअफ भइन् ।
‘अजब प्रेम की गजब कहानी’ र ‘राजनीति’मा उनीहरुले सँगै काम गरेका छन् । यी दुवै फिल्म हिट भएसँगै उनीहरु नजिकिएका थिए । लामो समय ‘लिभ इन् टुगेदर’मा रहेको भनिएता पनि रणवीर वा क्याट्रिना कसैले पनि आफ्नो सम्बन्ध सार्वजनिक गरेनन् ।


0 comments
Write Down Your Responses