देशको अवस्था ठिक नभएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले दिए फेरी यस्तो अभिव्यक्ति ...
शनिबार, १ जेठ
नुवाकोट।पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।
नुवाकोटका स्थानीय पत्रकारहरु संग कुरा गर्दै ज्ञानेन्द्रले देशमा शान्ति आउनुपर्यो अनि सबैले सुख पाउनुपर्यो तर अहिले देशमा जस्तो भैरहेको छ त्यो राम्रो नभएको बताएका छन् ।
उनी नुवाकोटको पाँच सय वर्ष पुरानो भैरवी मन्दिरमा पत्नी कोमलसहित पूजा गर्न पुगेका थिए ।
भैरवी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाहले पाँच किलोमिटर तल बिदुर बजारको रुद्रेश्वर महादेव मन्दिरमा पनि पूजा गरे ।त्यहाँ पूजा गरेपछि उनले डेढ किलोमिटर पैदल हिँड्दै स्थानीयबासीसँग भलाकुसरी गरेका थिए । त्यसक्रममा पूर्वराजा शाह र राजतन्त्रका पक्षमा स्थानीयबसीले चर्काे नाराबाजी पनि गरेका थिए ।
आफैंले कार हाँक्दै पत्नी कोमल, बुहारी हिमानी र नाति नातिनासहित आइपुगेका पूर्वराजा शाहको समर्थनमा स्थानीयबासीले ‘राजा आउ देश बचाऊ’ र ‘श्री ५ महाराजाधिराज अम्बर रहुन्’ भन्दै नाराबाजी गरेका थिए ।
राजाले महाअष्ठमीका दिन गोरखकाली पूजाको अवसरमा भैरवी मन्दिरमा समेत दर्शन गरेका हुन् ।
पृथ्वी राजामार्गको गल्छी हुँदै आफैं गाडी चलाएर मध्यान्ह १२ बजे नुवाकोट पुगेका ज्ञानेन्द्र पूजापाठ र नागरिक भेटघाट गरी साँझ सवा ५ बजे काठमाडौं फर्किए ।
nepalsandesh


0 comments
Write Down Your Responses