भारतलाई रोक्न चीनले फेरि देखायो ‘भिटो पावर’

काठमाडौं, १ जेठ । संयुक्त राष्ट्र संघको परमाणु आपूर्तिकर्ता समूह (एनएसजी)को सदस्य बन्न भारतले गरेको लविङ चीनका कारण असफल भएको छ । चीन एनएसजीको स्थायी सदस्य हो । उसले ४८ देशबाट सदस्य बनाउन प्रस्ताव आएकाले तत्काल भारतलाई सदस्यता दिन नसकिने प्रष्ट पारेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लू कांगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने- ‘एनएसजीका सदस्य राष्ट्रहरुको मत एनपीटी (परमाणु अप्रसार सन्धि) अन्तर्राष्ट्रिय परमाणु निशस्त्रीकरण व्यवस्थाको सुरक्षाका लागि आधारशिला हो । यसमा भारतका अलावा थुप्रै देशले सदस्यता पाउनुपर्ने दाबी गरेका छन् । अब अन्तर्राष्ट्रिय समुदायका लागि प्रश्न उठेको छ कि के एनपिटीका सदस्य नभएका राष्ट्रले पनि एनएसजीको सदस्य बन्न सक्छ ?’ भारत एनपिटीको सदस्य पनि छैन । तर, उसले एनएसजीको सदस्य पद ताकेको छ । भारतीय पत्रिका नवभारत टाइम्सले आफ्नो समाचार चीनले भारतलाई वाइपास गरेर पाकिस्तानलाई सदस्य दिन खोजेको उल्लेख गरेको छ । उता चीनले पनि त्यस्तै संकेत गरेको छ । पछिल्लो महिना पाकिस्तानका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीतले पनि चीनले भारतको एनएसजी सदस्यता बन्ने प्रयासमा पाकिस्तानलाई सहयोग गर्नेछ ।

0 comments

Write Down Your Responses