श्रीमती सात प्रकारका हुन्छन्, तपाईको कुन वर्गकी थाहा पाउनुस् ...!!
१. बधक श्रीमती
जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।
२.चोरीसम (चोर) श्रीमती
श्रीमतीले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।
३. भगिनीसम (बहिनी जस्ती) श्रीमती
श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।
४. मातुसम (आमा जस्ती) श्रीमती
आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे । प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे । यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।
५. आयासम (स्वामिनी) श्रीमती
केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।
६.सखीभरिया (साथी जस्ती) श्रीमती
श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।
७. दासीसम (दासी जस्ती) श्रीमती
कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे ।
७ प्रकारका श्रीमतीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका श्रीमतीहरु छन् । यी मध्ये तिमी आफूलाई कुन प्रकारकी श्रीमती मान्छौ ।
ल अब तपाई पनि भन्नुस्, तपाई महिला हुनुहुन्छ भने तपाई कस्ती श्रीमती रु तपाई पुरुष हुनुहुन्छ भने तपाईकी श्रीमती कस्ती।

0 comments
Write Down Your Responses