दिल्लीबाट बर्दीमै काठमाडौं पसेका भारतीय प्रहरी थानकोटमा यसरी पक्राउ ...
काठमाडौं, १ जेठ । डोटीमा हतियारसहित पाँच भारतीय प्रहरी बर्दीमै नेपाल पसेको घटना सेलाउन नपाउँदै शुक्रबार राति दुई भारतीय प्रहरी राजधानी काठमाडौंमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी स्रोतका अनुसार पोशाक लाएर खुलेयाम हिडिरहेका उनीहरुलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु एक भारतीय अधिकारी (मेजिस्टेष्ट)को सुरक्षार्थ खटिएका थिए ।
पक्राउ गरेर उनीहरुलाई नेपाल प्रहरीले पोशाक खोल्न लगाएको थियो । अन्तर्राष्ट्रिय कानूनअनुसार अर्काे देशको सुरक्षाकर्मी बर्दीमै देशको राजधानीसम्म पुग्नु अपराध हो ।
त्यसो त भारतीय प्रहरी नेपालमा आएको यो पहिलोपटक होइन् । भारतले बारम्बार आफ्ना सुरक्षाकर्मी बर्दीमै पठाएर नेपालमाथि अपराध गरिरहेको छ ।
यसअघि इन्सपेक्टरसहित पाँच भारतीय प्रहरी अपराधी खोज्ने निहुँमा हतियारसहित नेपाल पसेका थिए । उनीहलाई नेपालले कारवाही नगरी त्यसै छाडेको थियो ।
भारतीय दूतावासमा बुझाइयो
यसैबीच पक्राउ परेको दुबै भारतीय प्रहरीलाई नेपालस्थित काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासलाई बुझाइएको छ ।
दूतावासका अधिकारी बोलाएर भारतीय प्रहरीका जवानलाई जिम्मा लगाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।


0 comments
Write Down Your Responses