नेपालको विषयलाई लिएर भारत र चीनबीच युद्ध हुने संकेत ....
काठमाडौं, जेठ १ । नेपालको विषयलाई लिएर छिमेकी राष्ट्र भारत र चीनबीच भयंकर युद्ध हुने संकेत देखिएको छ । भारतले नेपालमाथी फेरि नाकाबन्दी गर्ने चेतावनी दिएपछि चीनले त्यसको प्रतिवाद गर्ने बताएका थिए । नेपाल–भारत सम्बन्धलाई चीनले माटोमा मिसाउन खोजेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आयोजित एक कार्यक्रममा चीनलाई सम्बन्ध बिगार्न नखोज्न चेतावनी नै दिए । वर्षौदेखिको नेपाल सम्बन्ध बिगारे चीनमाथी जे पनि हुन सक्ने मोदीको चेतावनी थियो ।
नेपाललाई भारतले हेपेको नभई सही बाटोमा हिड्न प्रेरित गरेको उनको भनाई छ । नेपाल भारतबीचको सुधारिँदै गएको सम्बन्धमाथी चीन तगारो बनेको मोदीको आरोप छ । चीनले नेपाललाई आश्वसन दिएर भारतलाई अलग्याउन खोजेको भन्दै उनले चीन र भारतबीच ठूलो युद्ध हुन सक्ने सकेत गरे ।
त्यसैगरी चीनले नेपाल सार्वभौमसत्ता स्वतन्त्र राष्ट्र भएको भन्दै भारतको ईशारामा चल्न नसक्ने बताएका छन् । चीनको बेइजिङमा आयोजित एक कार्यक्रममा त्यहाँका राष्ट्रपति सि जिन पिङले भारतले नेपाललाई हेपेको खण्डमा चीन चुप लागेर नबस्ने ठोकुवा समेत गरेका थिए । नेपालको स्वतन्त्रमाथी कसैले हस्तक्षेप गर्न नपाइने उनको भनाई थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो स्वार्थ पूरा नहुँदा नेपालमाथी नाकाबन्दी गरेको प्रसंग उठाउँदै मोदीले अब नाकाबन्दी गरे चीन चुप लागेर नबस्ने समेत उद्घोष गरेका उनले भारत र चीनबीचको युद्धको संकेत गरेका थिए । खबर टाईम्समा खबर छ |

0 comments
Write Down Your Responses