यी ९ बानी जसले उमेर नपुगी बृद्ध बनाउछ !
दाँत बिग्रिएपछि चपाउन नमिल्ने हुनाले कतिपय खाना खान सकिदैन । जसले चाँडै बुढो बताउन सघाउँछ ।
टाइप गर्दाः तपाईंले ट्याब, कम्पयुटर, फोनमा केही सामाग्री लेख्दा तपाईको शिर अगाडि झुक्दा घाँटी र मांशपेशीमा अत्यधिक पीडा र चोट हुन्छ, यसले तपाईंलाई साबिकको उमेर भन्दा पनि बुढो देखाउँछ ।
भाँडा चाट्नेः तपार्इंले चाटेको डाडु पन्यु, गिलास कचौरामा रहेको खानेकुराले शरिरलाई थप ८० प्रतिशत क्यालोरी दिन्छ । दिनहुँ चाट्दा शरिरको कोषहरु बृद्धि हुन्छन् र उनीहरुको आफ्नै रसायन र हर्मन बनाउँछन् जसका कारण रक्त ननी साँघुरा हुन्छन् । बुढो बनाउन यसले सघाउँछ ।
टुक्रा चिप्स खाने आदतः टुटेको चिप्सले झन्डै ७० प्रतिशत क्यालोरी प्रदान गर्छ । सानो र नियन्त्रण गर्न सक्ने क्यालोरी खान छोड्दा शरिर पातलो हुनुका साथै युवा अवस्थामा नै बुढो हुनबाट जोगाउँछ ।
बाँकी रहेको खाना सिद्धाउने प्रयासः हो प्राय मानिसले आवश्यकता भन्दा बढी पकाउने बानी हुन्छ । तर उनीहरुले थोरै खाना बाँकी रह्यो भने परिवारका सदस्यले कर गरेर भए पनि सकौ भन्ने सोच आउँछ । यसले तपाईको तौल अनावश्यक रुपमा बृद्धि गरी जवानीमै भुँडे बनाउछ ।
घाँटीलाई बिर्सनेः प्राय युवतीहरुले अनुहार भरी मेक अप गर्छन् । तर त्यही अनुहार मुनीको घाँटीलाई बिर्सन्छन् । चम्किलो अनुहार र मेक अप नगरेको घाँटीका कारण उनीहरको शरिर एउटा र टाउको अर्को देखिन्छ । अर्थात् घाँटी बुढो र अनुहार युवा अवस्थाको जस्तो नदेखाउन सन्तुलित मेक अप गर्नुहोस् ।
कपालमा ब्रसको प्रयोगः प्राय महिलाले नुहाउने वित्तिकै कपाल सुकाउन इलेक्ट्रिक ब्रस प्रयोग गर्छन् । चिसो वा नसुकेको कपालमा ब्रस लगादा कपाल टुत्रिने गर्छ । तसर्थ कपाललाई ब्रस गर्नुअघि राम्रोसँग गम्छा वा सुतीको कपडाले पुछ्नुहोस् ।
अनुहार पखालिरहनुः प्रायले छाला चम्काउने नाउँमा बारम्बार अनुहार पखाल्छन जुन छालाको लागि हानिकार मानिन्छ । जतिखेर पनि अनुहार धुँदा छाला सुख्खा हुनुको साथै खर्सो र बुढो देखिन्छ । दिनमा एक पटक मात्र मुख धुनुहोस । बरु केही ब्युटि टिपको पालना गर्नुहोस् ।

0 comments
Write Down Your Responses