नेपाली सेनालाई भारतीय कम्पनीले फसायो, यतिसम्म गरेपछि…
काठमाडौं, २९ वैशाख । नेपाली सेनाले ग्लोबल टेन्डरबाट खरिद गर्न लागेको ६ लाख केजी बिस्फोटक पदार्थ तत्काल नआउने भएको छ ।
उक्त विस्फोटक पदार्थ भित्र्याउन लागि टनोट भएको भारतीय कम्पनीले पेश गरेको कागजात नै नक्कली भएपछि अहिले सेना अप्ठेरो स्थितिमा पुगेको छ ।
नेपाली सेनाले उक्त बिस्फोटक पदार्थ ल्याउनका लागि १९ नोभेम्बर २०१५ मा टेन्डर गरेकोमा ६ वटा अन्तर्राष्ट्रिय कम्पनीले टेन्डर विट गरेको भएता पनि नेपाली सेनाले भारतको पेरी नाइट्रेस प्रालि छनोट गरेको थियो ।
पछि सेनाले सो कम्पनीको कागजात नक्कली भएको फेला पारेको हो ।
सो कम्पनीको नेपाल एजेन्ट रेडियल ग्लोबल्स कम्पनीका सञ्चालक उमेश श्रेष्ठ र रोशन श्रेष्ठले पेस गरेको डकुमेन्ट नै नक्कली भएको पत्ता लागेपछि सेना अहिले अलमलमा परेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई समेत कम्पनीका बारेमा जानकारी नगराई सेनाको हातहतियार खरिद गर्ने शाखाले टेन्डर स्वीकृत गरेपछि सो रहस्य अहिले आएर सार्वजनिक भएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


0 comments
Write Down Your Responses