प्रचण्डलाई लाग्यो अर्काे झट्का, युवराज लामाले पदबाट राजीनामा दिए ...
काठमाडौं, २९ वैशाख । सत्ता साझेदार दल एमाओवादी निकट अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष युवराज लामाले पदबाट राजीनामा दिएका छन् ।
एमाओवादी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच एकताको कुरा भइरहेका बेला प्रचण्डकै पार्टीको जनवर्गीय संगठनका प्रमुखले पद छाडेका हुन् ।
स्रोतका अनुसार लामाले बुधबार अखिल नेपाल खेलकुद महासंघ फ्याक्सन इन्चार्ज लिलाबहादुर थापालाई राजीनामा पत्र बुझाएका छन् ।
एमाओवादीको नाममा खेलकुद क्षेत्रमा हालीमुहाली गर्दै लामाको पछिल्लो समय विरोध हुँदा त्यहाँ हालीमुली गर्न नपाएपछि आवेगमा आएर संगठनका फ्याक्शन इन्चार्जलाई २ पेज लामो राजीनामा पत्र बुझाएको स्रोतले बतायो ।
लामा यसअघि एमाओवादीकै कोटाबाट राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनेका थिए । त्यो बेला पनि उनको कार्यकाललाई लिएर विवाद भएको थियो ।


0 comments
Write Down Your Responses