अाेली माथि भारतले यस्तो गम्भीर अाराेप लगायाे .....

आइतबार, २६ वैशाख काठमाण्डाैं । भारतवाट प्रकाशित हुने एक राष्ट्रिय दैनिक पत्रिकाले भारत सरकारले अाेली माथि गम्भीर अाराेपहरू लगाएकाे सार्वजनिक गरेकाे छ । द हिन्दु पत्रिकाले भारतीय सरकारकाे उच्च सुत्रले भनेकाे भन्दै उक्त अाराेप प्रकाशित गरेकाे छ । भारतीय सरकारकाे उच्च श्राेतले भनेकाे छ – मिस्टर अाेलीले संविधान संशाेधन गर्ने प्रतिवद्दता पूरा गरेनन्, जब सम्म मधेशी लगाएत सबै जनतालाइ समान अधिकार दिर्इंन्न तब सम्म नेपालकाे अान्तरिक राजनैतिक अवस्थामा स्थिरता अाउने छैन । विष्लेशकहरूका अनुसार याे भनेकाे नेपालमा भारतीय स्वार्थ पुरा नभए सम्म भारतले स्थिरता ल्याउन नदिने भनि दिएकाे खुल्लम खुल्ला धम्कि हाे ।तर साे पत्रिकाले अाेलीले भारत समक्ष कुन वेला संविधान संशाेधन गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए भन्ने विषयमा केही खुलाएकाे छैन । अाेली भारत गएका वेला केही गाेप्य सहमति भएकाे थियाे कि भन्ने संका भने रहेकै छ । साे पत्रिकामा के पि अाेलीका परराष्ट्र मामिला विज्ञ गाेपाल खनालकाे भनाइ भनेर निम्न कुराहरू पनि छापिएकाे छ-गत एक हप्तामा मात्रै तीन पटक हामीले काठमाण्डाैं स्थित भारतीय राजदूत रंजित रायलार्इ नेपाल सरकार पल्टाउन हाम्रा विपक्षीहरूवाट खाेजिएकाे राजनैतिक दुस्साहासी कदमलार्इ समर्थन गर्न राेक्न खवर गरेका थियाैं । यसकाे अर्थ अाफ्नाे सरकार टिकाउन अाेलीले भारतीय राजदूत गुहारेकाे हुन सक्ने सम्भावना वारे अाएका समाचारमा केही सत्यता हुन सक्दछ । तर भारत सरकारकाे साे सुत्रले अाेली सरकारकाे वचकना र गैर कूटनैतिक व्यवहारले गर्दा सरकार असफल भएकाे टिप्पणी गरेकाे समाचार साे पत्रिकाले छापेकाे छ । साे सुत्रकाे भनार्इ छ -नेपालमा कयाैं राजनैतिक चुनाैतिहरू छन् र विपक्षीहरू अाफै सरकार विरूद्द एकगठ हुन सक्दछन् । nepalsandesh

0 comments

Write Down Your Responses