पेरिस पुगेर सुटुक्क बिहे गरिन् मल्लिकाले .....

मुम्बई । ३९ वर्षिय नायिका मल्लिका सेरावतले आफ्ना प्रेमी साइरिल अक्जेनफेन्ससँग पेरिसमा विवाह गरेकी छिन् । तीन दिनअघि भएको यो बैबाहिक कार्यक्रमलाई गुपचुप राख्ने प्रयाश गरिएको छ । मल्लिकाको बुबा मुकेश लाम्बाले मल्लिकाले बिहे गरेको जानकारी दिँदै चाँडै रिसेप्सन पार्टी दिने तयारी भएको बताए । साइरिल पेरिसका रियल स्टेट ब्यबसायी हुन् । उनी पछिल्लो केहि दिन यता मल्लिकासंग डेटिङमा थिए । त्यसो त केही दिन अघि मात्रै मल्लिकाले पनि इष्टाग्राम मार्फत साइरिलसंगको तस्विर सार्वजनिक गरेकी थिइन् । अहिले मल्लिका पेरिसमा छिन् । उनी ११ देखि २२ मेमा हुने ६९ औ क्यान्स फिल्म फेष्टिवलमा सहभागी हुने भएकी छिन् । मल्लिकासंगै ऐश्वर्या राय, सोनम कपुर लगायतका कलाकार पनि क्यान्समा सहभागी हुने भएका छन् । हिन्दी चलचित्र ‘ख्याहिस’वाट बलिउडमा डेब्यु गरेकी मल्लिकाले ‘मर्डर’ मा अभिनय गरेपछि अत्याधिक चर्चा पाएकी थिईन् । एक दर्जन बढी हिन्दी चलचित्रमा काम गरेकी मल्लिकाले पछिल्लो समय हलिउड फिल्म ‘द लास्ट टाम्ब’ मा काम गरेकी छिन् । अनलाईन खाब्र्बत साभार गरिएको

0 comments

Write Down Your Responses