अफ्गानिस्तानबाट प्रधानमन्त्री ओलीलाई एक नेपालीको यस्तो पत्र .....
बन्नु भयो । निसन्देश भूकम्पले लथालिङ भाताभुङ भएको हाम्रा निरास जनता हतास मनस्थितिमा रहेका युवा ठीक तेसैको समय लामो प्रखाइमा नेपाली जनताले राम्रो या नराम्रो तेसको मुल्याङ्कन हुँदै रहला एउटा संबिधानको दस्ता बनाए त्यो सम्पूर्ण राजनीतिक पार्टी जो संबिधान सभा भित्र थिए उनीहरुको अत्याधिक बहुमतबाट यो संबिधान बन्न सफल भयो ।
यद्यपि हामीले निर्माण गरेको संबिधानले देशको निकास दिने छ या छैन तेस्को पारीक्षण हुन अझ बाँकी नै छ । ठीक त्यही बेला हाम्रो छिमेकी मित्र राष्ट्र भारतले अघोषित रुपमा नाकाबन्दी गरेको अवस्थामा स्वर्गीय सुशील कोइरालाको बहिर्गमन हुँदै तपाईं त्यो देशको प्रमुख पदमा बिराजमान् हुनु भयो । त्यो कदम उचित थियो । तपाईंको पृष्ठभूमि हेर्दा देशको प्रधानमन्त्री भएको हेर्न चाहेकोमा नेपाली जनतालाई खुशीको कुरा नै थियो ।
तपाईंको बिगतलाई म कोट्याउन चाहँदैन किन कि बिगत राम्रो गर्नेहरु बर्तमान बनाएको इतिहास नेपालमा बिरलै भेटिएला । तपाईं सरकार प्रमुख हुनु भयो सकेको जतिलाई समेट्ने प्रयत्न पनि भयो तेसैले तपाईंले ६जना उपप्रधानमन्त्री बनाउनु भयो । तपाईंले सुरुदेखि गर्न चाहेको भए यो सात महिनामा ठूला नभनौ तर साना साना र दीर्घकालीन असर पर्ने महत्वपूर्ण काम गर्न सक्नु हुन्थ्यो ।
त्यो तपाईंको लागि कुनै ठूलो कुरा हुने नै थिएन । किन कि प्रधानमन्त्री जनताको आवश्यकता काठमाडौंमा रेल गुडाउने घर–घर ग्यासको पाइप जोड्ने या लोडसेडिङ मुक्त बनाउने काम प्रमुख होइनन् ।
त्यो सम्भव त छ । हामीले चाहेमा जनताको लागि काम गर्ने इच्छाशक्ति भए असम्भव होइनन । हामीलाई चाहिएको प्रमुख काम हो प्रशासनभित्र हुने राजनीतिक हस्तक्षेप बन्द, पहाडी, हिमाली क्षेत्रमा स्वास्थ्य र खाद्यान्न आपूर्ति, गाउ बिस्थापित हुने अवस्था छ, पिउने पानी र भूकम्पले त्रसित पीडित आमा दिदी बहिनी छोरीहरुको आँखाको आसु पुछ्न कस्ले रोकेको थियो ?
हाम्रा हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस र सुन्तली)ले नमूनाबस्ती बसाल्न सक्नु भयो । सरकार जोसँग सेना छ प्रहरी छ कर्मचारी छन् पार्टीका भातृ संगठनका लाखौं कार्यकर्ता छन् त्यसले किन काम गर्न सकेन ?
सरकारलाई काम गर्न कस्ले रोक्यो ?
हाम्रो उत्तरी छिमेकी मित्र राष्ट्र चाइनासँग वर्षौंदेखि चलेको सिन्धुपाल्चोक चौतारा हुँदै तातोपानी नाका सुचारु गर्न कस्ले रोक्यो ?
आज सात महिना तपाईंको सरकार आएको भयो । तपाईं मातहत रहेको गरिबी निवारण मन्त्रालयको पैसा सम्बन्धित मन्त्रालयको जिम्मा लगाउन सहकारीभित्र भएको अनियमितता रोक्ने कानुन बनाउन कस्ले रोक्यो ? ठूला ठूला कुरा गरेर जनतालाई निराशा बनाउन छोडेर बिगतमा भएका राजनीतिक नियुक्ति खारेज गरेर कुशल कुटनीतिज्ञ छानेर राजादूत बनाउने ।
चरमरुपमा मौलाएको भ्रस्टाचारलाई नियन्त्रण गर्ने सरल र सजिलो तरिका बिज्ञहरुसँग छलफल गरी लागू गराउन कस्ले रोक्यो ?
कर्मचारीतन्त्र नेपालको जरो काट्ने खेलमा लागेको छ । अहिले देशभित्र बाम्पन्थीहरुको सरकार छ भनिन्छ । हुन त बर्ग संघर्षको महत्व सकियो भन्नेहरु बाम्पन्थी हुँदैनन त्यो पछि हुँदै जाने कुरा पइयो ।
तपाईंको सरकारको पालामा भ्रस्टाचार कालोबजारी यति बिघ्न भयो कि बिगतका सबै सरकारलाई फेल गराउनु भयो । आपूर्ति मन्त्री युद्दबाट आएको गृहमन्त्री युद्दबाट आएको शिक्षा मन्त्री युद्दबाट आएको बैज्ञानिक शिक्षाको नारा लगाउने ब्यक्ति बन मन्त्री युद्दबाट आएको यिनी सबै तस्करीमा लागेका ब्यक्ति जस्तो देखिन थाल्यो यहाँ त ।
तपाईंले जहाजै बोकेर सयौ जना बिदेश घुम्न जानु भयो कस्को पैसामा ? तपाईं ठूला ठूला सपना बाढ्दै हुनु हुन्छ जनतामा बिशाखापटनमको बन्दरगाह प्रयोग गर्ने सम्झौता या चाइनासँगको पारबहन सम्झौता यिनी उपलब्धी त होलान तर हाम्रो पहुच कहाँसम्म छ ओली ज्यू ?
हामी नजिकैको चिजलाई प्रयोग गरौ । बास जस्ता हामीसँग छन तेसैबाट ओत लाग्ने बास बनाउ ठूला सपना नदेखाउनुस त्यो काम भोलिको समयलाई छोडिदिनोस । बिकासको काम रोकेर राख्न धेरै दिन सकिदैन ।


0 comments
Write Down Your Responses