एनसेलको कर अब एक्जियटाले तिर्ने ....
काठमाडौं, वैशाख २६ । एनसेलकाे कर सम्बन्धी विवाद साम्य हुने देखिएकाे छ । एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी एक्जियटाले विवाद सल्टाउने बताएकाे हाे।
कारोबारमा पुँजीगत लाभकर तिर्ने दायित्व बिक्रेता टेलियोसोनेराको भए पनि आफू जिम्मेवार कम्पनी भएकाले कर तिर्ने एक्जियटाले बताएकाे छ।
कर कसले तिर्ने भन्ने विवाद भने अहिले पनि कायमै छ । कतिपयले बिक्रेताले कर तिर्ने बताएका छन् भने केहीले एनसेलले कर तिर्नुपर्ने भन्दै आवाज उठाएका छन् ।
एक्जियटाबाट एनसेलको नयाँ प्रबन्ध निर्देशक नियुक्त भएका सिमोन परकिन्सले नेपाल र नेपालीको हितको लागि काम गर्ने भन्दै कर तिर्न तयार भएको बताए। “हामी जिम्मेवार कर्पोरेट कम्पनी भएकाले नेपाल र नेपालीको हितको लागि नेपालले पाउने कर उठाउने विषयमा सहयोग गर्न तयार छौं,” उनले भने, “पुँजीगत लाभकर तिर्ने जिम्मा बिक्रेताको भए पनि यो समस्या छिटो समाधान गर्न तयार छौं।” नेपालमा ठूलो लगानी गरेर एक नम्बरको टेलिकम कम्पनी बनाउने भन्दै एक्जियटाले आफू जिम्मेवार भएर आउने जनाएको नागरिक दैनिकले दावी गरेकाे छ ।
टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर एक्जियटालाई बेचेको थियो । कर तिर्ने दायित्व टिलियासेनेराको भएपनि कर नतिरी कम्पनी गएपछि विवाद उत्पन्न भएको थियो ।
सरकारले एनसेल बिक्रीको अग्रिम कर दाखिला गर्ने समय आइतरबारसम्म तोकेको छ।


0 comments
Write Down Your Responses