यस कारण सोनमलाई फरक पर्दैन आलोचनाले ..!!

वैशाख २८, २०७३- हुन त सोनम कपुरलाई बलिउडकी स्टाइलिस नायिका मानिन्छ । उनको फेसन सेन्सको काफी तारिफ पनि हुँदै आएको छ । तर गत वर्ष आयोजित कान्स फिल्म फेस्टिभलमा भने उनले आफ्नो फेसनलाई लिएर आलोचनाको समेत सामना गर्नुपर्‍यो । खासगरी उनले लगाएको एउटा गाउनको फेसन क्रिटिक्सले आलोचना गरेका थिए । तर सोही कार्यक्रमका अन्य फङसनमा सोनमले लगाएका पोसाकको प्रशंसा पनि उत्तिकै भएको थियो । ‘तर मलाई फेसनका कारण गरिने आलोचनाले खासै महत्त्व राख्दैन,’ हालैको एक अन्तरवार्ताका क्रममा सोनमले भनेकी छन् । त्यसो त सोनमलाई नजिकबाट चिन्नेहरू मुडी र घमण्डी पनि मान्छन् । ‘म सधैं सकारात्मकता जगाउने कुरामा मात्रै ध्यान दिन्छु । न कि आफ्नो लुक्सलाई लिएर गरिने आलोचना र नकारात्मक टिप्पणीतर्फ ।’ त्यसो त यसपटक पनि उनी कान्समा सहभागिता जनाउँदै छिन् । यसअघि पाँचपटक कान्सको रेड कार्पेटमा हिँडिसकेकी सोनमलाई अनुभवले पनि आलोचना खेप्न सक्ने आँट आएको हुन सक्छ । अहिले त झन् उनी ‘नीरजा’ को सफलताले पनि आलोचकको कुरा सुन्ने पक्षमा देखिन्नन् । यस पटकको कान्समा लगाउने पोसाक डिजाइनबारे निक्र्योल नगरिसकेकी नायिकाले परम्परागत छनक दिने खालको डिजाइनलाई प्राथमिकता दिने भने बताइन् । विश्व फिल्मको महाउत्सवका रूपमा लिइने कान्समा व्यस्तताका कारण यसपटक कट्रिना कैफ सहभागी हुन नपाउने बताइसकेकी छन्

0 comments

Write Down Your Responses