प्रधानमन्त्री ओली र भारतीय राजदूत रेबीच पाँचतारे होटलमा रातारात येस्तो गोप्य वार्ता ...
काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत रञ्जीत रेबीच आइतबार राति राजधानीको एक पाँचतारे होटलमा गोप्य वार्ता भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवादेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्म दिल्ली भ्रमण गरी फर्किएका बेला ओलीले रात्रीभोज समेत दिएर भारतीय राजदूत रेसँग काठमाडौंको द्वारीका होटलमा वार्ता गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य दलबाट सरकार परिवर्तनको बहस सुरु भएका बेला ओलीले आइतबार साँझ ७ बजेपछि होटलमा भारतीय राजदूतसँग सरकार सञ्चालन र मधेसका मागबारे छलफल गरेको स्रोतले जनाएको छ ।
वार्तामा प्रधानमन्त्रीका सल्लाहकारहरु, एमाले नेताहरु र भारतीय दूतावासका कर्मचारीहरु सहभागी थिए । वार्तामा भएको गोप्य सम्वाद बाहिर आउन बाँकी छ ।
यता प्रधानमन्त्री सल्लाहकारहरुले भने प्रधानमन्त्रीले भारतीय राजदूतलाई भेट्ने कार्यक्रम सेड्युल (तालिका)मा नभएकाले भेटबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।


0 comments
Write Down Your Responses