क्याटरीनाले आफ्नो प्रस्ताव ठाडै अस्विकार गरेपछि तनावमा सलमान खान ....
एजेन्सी । बलीउडको चर्चित जोडी सलमान खान र क्याटरिना कैफ बिचको चर्चा उनीहरु एकैसाथ हुँदा र टाढीँदा पनि उत्तिकै हुने गर्छ । यसैबिच हालै क्याटरिनालाई सलमानले अफर गरेको फिल्म उनले अस्विकार गरेसँगै यो जोडी फेरी चर्चामा आएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार सलमानको आफ्नो प्रोडक्सनमा बन्न लागेको फिल्मको अफर क्याट्रिनाले ठाडै अस्विकार गरिदिएपछि सलमान यतिबेला तनावमा छन् । तरुण मनसुखानीको निर्देशनमा बन्न लागेको फिल्ममा क्याटरिनालाई लिएर करन जौहर र सलमान खानले बनाउन लागेका थिए ।
क्याटले सलमानको उक्त प्रस्तावलाई ठाडै अस्विकार गरिदिएपछि सलमानले अब कस्तो कदम चाल्छन् भन्ने विषयमा छलफल हुन बाँकी छ । उक्त चलचित्रका लागी यसअघि नै सहायक नायिकाका लागी ज्याकलिन फर्नान्डिजलाई सलमानले रोजीसकेका छन् ।


0 comments
Write Down Your Responses