श्रीमान झुण्डिएकै ठाउँमा तल हेर्दा पत्नीको अर्को शव- पति-पत्नी दुबैको रहस्यमय मृत्यु

बारा-गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । शम्भुलाई उनकै घरको बलोमा प्लाष्टिकको डोरीको पसो लगाई झुन्डिएको अवस्थामा र दुर्गालाई सुत्ने कोठामा कपडाको टुक्रासहित मृत फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको दैनिक बुलेटिनमा उल्लेख छ ।

0 comments

Write Down Your Responses