भारत, पाकिस्तान र नेपाल एउटै देश भनेपछि अमेरिकामा बबाल


काठमाडौं, २४ वैशाख । भारत, पाकिस्तान र नेपाललाई एउटै देश भनेपछि अमेरिकामा बहस सुरु भएको छ । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार क्यालिफोर्निया प्रान्तमा विद्यालयका पाठ्यपुस्तक संशोधनका क्रममा भारत, पाकिस्तान र नेपालको भुभागलाई पुरै भारत भन्ने कि दक्षिण एसिया लेख्ने विषयमा बहस सुरु भएको हो । समाचारमा भनिएको छ कि क्यालिफोर्नियाको एक शिक्षा समितिले इतिहास विषयको पुस्तक लेखिरहेको छ । र यो समिति यो कुरालाई लिएर बहसमा उत्रिएको छ कि संशोधित पाठ्यक्रममा दक्षिण एसियाको इतिहासलाई कसरी लेख्ने । बहसको मूख्य विषय रहेको छ आजको समयमा भारत, पाकिस्तान र नेपालको भुभागलाई भारत भन्ने कि दक्षिण एसिया । किनकि भारत १९४७ सम्म अलग राष्ट्र थिएन् । केही विद्यार्थीले समितिलाई यी तीन देशको भुभागलाई भारतका अलावा अरु कुनै नयाँ नाम दिनु भनेको इतिहास मेटाउनु जस्तै हुने सुझाव दिएका छन् । उनीहरुले तीनै देशलाई भारत नाम लेख्नुपर्ने सुझाव पनि दिएका छन् । यसै विषयमा सामाजिक सञ्जालमा ‘डन्ट इरेज इण्डिया’ नामको एक अभियान समेत सुरु भएको छ । यदि अमेरिकाको नयाँ पाठ्यपुस्तकमा भारत, पाकिस्तान र नेपालको भुभागलाई पुरै भारत लेखिए पाकिस्तान र नेपालको पहिचान मेटिने निश्चित छ ।

0 comments

Write Down Your Responses