ओली सरकार फेर्न नेताहरुबीच आन्तरिक कसरत किन हुँदैछ तिब्र ?

काठमाडौं, २० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न आन्तरिक कसरत थालेको छ । मधेस समस्या समाधानका साथै संविधान कार्यान्वयनमा ओली नेतृत्वको सरकार बाधक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले नयाँ सरकार गठनका लागि सक्रियता बढाएको हो ।सरकार गठन भएको ६ महिना वित्दासमेत मधेसका साथै आदिवासी जनजातिका माग सम्बोधन गर्न असफल भएको भन्दै कांग्रेसले एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राप्रपालगायत दलहरुसँग अनौपचारिक छलफल सुरु गरेको छ । सभापति शेरवहादुर देउवा लगायत नेताले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा नेपालका अध्यष कमल थापासहितसँग अनौपचारिक छलफल गरेका छन् । प्रदेश सीमांकनसहित मधेसी, आदिबासी जनजातिका माग वर्तमान सरकारबाट सम्बोधन हुननसक्ने जनाउँदै कांग्रेस नेताहरुले विकल्प खोज्नु पर्ने जनाएको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses