ठूला व्यापारी बचाउन यसरी भयो तयारी, क्यासिनो मालामाल .....
काठमाडौं, २० वैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेश देखाउँदै क्यासिनो व्यवसायीले रोयल्टी (राजस्व) नतिर्दा सरकारलाई करोडौं घाटा भइरहेको छ ।
प्रत्येक आर्थिक वर्ष ठूला र मिनी क्यासिनोबाट सरकारले करोडौं रुपैयाँ रोयल्टी उठाउन पाउने भएपनि केही क्यासिनोले पेसा व्यवसायमा रोक लगाएको दाबीसहित अन्तरिम आदेश माग गरेका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।
लगत्तै सर्वोच्च अदालतले पनि अन्तिम टुंगो नलागेसम्म पेसा व्यवसाय गर्न रोक नलगाउनु भन्दै अन्तरिम आदेश जारी गरेपछि ती क्यासिनो व्यवसायी एक पैसा रोयल्टी नतिरी आरामसँग कारोबार गरेर बसिरहेका छन् ।
राज्यलाई करोडौं घाटा लगाउने क्यासिनोमध्ये राजधानीको दरबारमार्गस्थित पाँच तारे होटल याक एन्ड यतीमा रहेको क्यासिनो र रोयल पहिलो नम्बरमा छ ।
यसले चालु आर्थिक वर्ष २०७२÷०७३ को रोयल्टी तीन करोड रुपैयाँ अहिलेसम्म तिरेको छैन ।


0 comments
Write Down Your Responses