सुसन कर्मचार्य र नारायणकाजीका यस्ता छन् ‘हर्कत’ <पुरा पढ्नुहोस >

काठमाडौं, २० वैशाख । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूलाई मूल्य, निष्ठा र आदर्शको राजनीति गर्ने पात्रका रुपमा चिनाउन रुचाउँछन् । उनको जीवनशैली जति सामान्य छ, त्यतिकै मितव्ययी पनि छ । मितव्ययिता अपनाउन उनले लामो समयदेखि पार्टीले उपलब्ध गराएको गाडी थन्क्याएर सार्वजनिक सवारी साधन प्रयोग गर्दै आइरहेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ । तर, आफूलाई मितव्ययिता र सादगी ठान्ने यिनै नारायणकाजीलाई सघाउँदै आएकी एक जना पीएले नारायणकाजीको नाम भजाएर गलत फाइदा लिइरहेको भन्दै प्रचण्डको लाजिम्पाट दरबारमा उजुरी पुगेको खबर छ । एमाओवादी स्रोतका अनुसार, सार्वजनिक सवारीमा यात्रा गर्ने नारायणकाजीकी पीए सुसन कर्माचार्यले भने ८० लाखको तेरियस गाडी चढेर आर्थिक उपार्जनका अनेक हर्कत गर्दै आइएरहेको आरोप लागेको छ ।

 केही समयअघि नारायणकाजीले फोन गरेर मन्त्रीहरूलाई हैरान पारेका भन्दै आलोचना भएपछि अहिले नारायणकाजीको तर्फबाट सुसनले मन्त्रीहरूलाई फोन गरेर पैसा माग्ने र सरुवा बढुवाको काम गरिदिन दबाब दिने गुनासो माओवादीमा बढ्न थालेको छ । ‘अहिले एमाओवादीमा नारायणकाजीकी पीए सुसनको आतंक नै छ’, एमाओवादी मन्त्रीका एक पीएले भने, ‘मन्त्रीलाई फोन गरेर पैसा माग्ने र सुरुवा बढुवाका लागि उत्तिकै दबाब दिने गरिएको छ ।’ ती पीएका अनुसार, सुसनले मन्त्री र पीएहरूलाई तत्काल काम गरिदिनु प¥यो भन्दै दबाब दिने र नगरेमा थर्काउने समेत गरेकी छिन् । नारायणकाजीको अघिपछि हिंड्ने बाहेक कुनै पेसा–धन्दा नभएकी सुसनले रु.८० लाखको गाडी चढ्ने हैसियत कसरी बनाइन र भड्किलो जीवनशैली अपनाउने अवस्थामा रातारात आफूलाई कसरी पगाइन् ?
 केही वर्षअघिसम्म सामान्य जीवनशैली अपनाउँदै आएकी सुसनको जीवनशैली बदलिएपछि धेरैले यस्तो प्रश्न उठाउन थालेका छन् । सुसनले पार्टीलाई प्रयोग गरेर नाजायज फाइदा लिइरहे पनि नारायणकाजीले भने उनलाई सामान्यभन्दा सामान्य काममा पनि साथ लिएर जाने गरेका छन् । स्मरणीय छ, केही समयअघि नसाको उपचारका लागि जापान जाँदा पनि नारायणकाजीले सुसनलाई लेगका थिए । उनले प्रत्येक विदेश भ्रमणमा सुसनलाई लिएर जाने गरेका छन् ।

0 comments

Write Down Your Responses