युवतीले अनुहारमा मोसो दलेपछि...

एजेन्सीः भारतका कथित तल्लो जातका युवती र महिलाले समाजमा देखिएको विभेदको विरोध गर्दै मोसो दलेर हिड्न थालेका छन् । कलामा स्नातक तहसम्मको अध्ययन गरेकी २६ वर्षीया जया पीएस जब स्टुडियोबाट निस्किइन तब उनले अनुहारभरी मोसो लगाइन । क्याम्पसमा भएको विभेदपछि १७ जनवरी २०१६ मा रोहित वेमुलाले आत्महत्या गरेका थिए । त्यसको प्रतिकात्मक विरोध स्वरुप आफूले मोसो दलेको जयाको भनाइ छ । बिबिसी हिन्दीले जयालाई उद्धृत गर्दै लेखेको छ, ‘रोहितको मृत्युपछि मैले निर्णय लिएँ कि सार्वजनिक स्थानमा जाँदा शरीरमा कालो रंग लगाएर जान्छु ।जया अनुहारमा मात्र होइन बहिनीको सहयोगमा शरीरभरी मोसो दल्छिन् । हेर्दा मोसो जस्तो देखिए पनि उनले कोलिरीयम नामको पेन्ट लगाउने गरेकी छन् । भारतमा जातपात र रंगको विभेद हुँदैन भनिएपनि कालो रंगलाई भारतीयहरुले मन पराउदैनन् । धेरै युवाहरु कालो वर्णकी युवतीसँग विवाह गर्न रुचाउदैनन् । मोसो दलेर हिड्दा समाजमा अझ फरक दृष्टिले हेर्ने गरेको अनुभव समेत जयासँग छ । उनले एक दिन बसमा यात्रा गर्दै गर्दाको अनुभव सुनाउदै भनिन्, ‘एक महिला मलाई देखेर चिच्याइन् । उनले मलाई पुत्ला भनिन् ।’ जयाले विभेद विरुद्ध प्रतिवद्धता जनाउदै एक सय २५ दिन मोसो लगाएर हिड्ने निर्णय गरेकी छन् । उनले मोसो लगाएरु हिड्ने योजनाको समापन विशेष कार्यक्रम मार्फत गर्ने योजना बनाएकी छन् । उक्त कार्यक्रममा दलित लेखक र कलाकारलाई उपस्थित गराउने उनले सुनाइन । जयाको मासो लगाउने अन्तिम दिन मे २६ हो सोही दिन उनले ‘गोरे रंगको पूजने वाले समाजमे काली लड्कीकी जिन्दगी’ नामक पुस्तक समेत सार्वजनिक गर्ने बताएकी छन् ।

0 comments

Write Down Your Responses