पातुखोलामा शिशुको शव फाल्ने आमा को हुन् ?

Patu-Kholaघोराही, २१ वैशाख । दाङको तुलसीपुरस्थित पातुखोलामा आज बिहान नवजात शिशुको शव फेला परेको छ । अन्दाजी ३–४ महिनाकोे शिशुको शव एउटा खुट्टा नभएको अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । बिहान गिट्टी कुट्न गएका स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । सबको प्रकृति हेर्दा केही दिन अगाडि नै शिशुको शव फालेको हुन सक्ने अनुमान गरिएको प्रहरी प्रमुख कृष्ण प्रसार्इँले बताउनु भयो । शिशुलाई कस्ले र किन फालेको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । शिशुको आमा र बाबुका विषयमा सोधपुछ थालिएको प्रसाइँले बताउनुभयो ।

0 comments

Write Down Your Responses