के बन्न खोज्दैछिन् अचर्ना पनेरु ? छेस्कोबाट पनि बाहिरियो उनको अर्धनग्न तस्विर ...

, काठमाडौं, २१ बैशाख । एक समय नेपाली फिल्म उद्योगमा एटियम, चपली हाईट जस्ता फिल्म बने जसमा नायिकालाई नङ्ग्याइयो । त्यसैको पछि लागेर अन्य फिल्मकर्मीहरुले पनि नायिकाका कपडा छोटा बनाउन प्रतिस्पर्धा गरे । फलस्वरुप नेपाली दर्शक र फिल्मबीचको दुरी निक्कै बढ्यो । यौनिकतामा बनाएका फिल्म चल्न छाडेपछि सिनेकर्मीहरुले फिल्ममा नयाँ विषयबस्तुको खोजी गर्न थाले । बिस्तारै नेपाली सिनेमा र दर्शकको दुरी घट्दै गएका बेला फेरि फिल्ममा स्त्रि नङ्ग्याउने क्रम सुरु भएको छ । कुनै बेला फिल्ममा कलाभन्दा शरीरका अंग बेचेका नायिकाहरु गुमनाम भएको यो समय फिल्ममा अंग प्रदर्शन गर्न आईपुुगेकी छिन् पोर्न स्टार बन्छुभन्दै हिडेकी अर्चना पनेरु । उनलाई निर्देशक राजुु गिरीले चलचित्र ‘जिस्म’मा अर्धनग्न रुपमा प्रस्तुत गरेसँगै उनको नाङ्गो शरीर ‘छेस्को’ बाट पनि उनको अर्धनग्न शरीर बाहिरिएको छ । सार्वजनिक फिल्मको पोस्टरमा अर्चनासँगै राजन कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । जेठ २१ बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त पस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ । छेस्को सानो सिन्को भएपनि यसले खुट्टामा बिझाउने घाउ त्यसलाई मात्र थाहा हुने सन्देश दिने निर्माणपक्षको दावी छ । यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् । दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

0 comments

Write Down Your Responses