टाइगरको पनि ब्रेकअप !

बागी'को वक्स अफिस कमाइले टाइगर श्राफको करियरलाई उचाइ दिइरहेको छ। यस सफलताले उनी मख्ख छन् तर यहि सफलताकाबीच उनको प्रेमसम्बन्धमा पूर्णविराम लागेको खबर सार्वजनिक भएको छ। यसको स्विकारोक्ती टाइगर आफैले गरेका हुन्। टाइगर श्राफको दिशा पटानी नामक युवतीसँग प्रेम 'ब्रेकअप'मा टुङ्गिएको छ। सम्बन्धमा विराम लागेको उनले एक अन्तरवार्तामा खोलेका हुन्। उनले भने, ' त्यसबारेमा धेर भन्नुपर्ने केहि छैन्। हामीले सक्दो प्रयास गरेका हौं। म त्यस्तोमा पर्ने केटा हुँ जस्तो पनि मलाई लाग्दैन्। म मेरो कामसँग विवाह गरिए जस्तै छु। म अलि एकाकी छु जसलाई आफ्नो कामको मात्र ध्यान छ। यस्तोमा व्यक्तिगत जीवन जिउनु एकदमै गार्हो छ।'

0 comments

Write Down Your Responses