National
»
प्रचण्डको चुनौती: सक्छाै भने म र शेरबहादुरलाई जेल हाल्नुस् ....
प्रचण्डको चुनौती: सक्छाै भने म र शेरबहादुरलाई जेल हाल्नुस् ....

काठमाडौं, वैशाख ३१ । एमाओवादी अध्यक्ष प्रचण्डले द्वन्द्वकालिन मुद्दाका नाममा आम सर्वसाधारण जनतालाई दुख दिइएको भन्दै रोष व्यक्त गरेका छन् ।
“जनयुद्धको सुप्रिम कमाण्डर आफू भएकोले जेल नै हाल्ने हो भने मलाई हाले हुन्छ । सत्ताको नेतृत्व शेरबहादुरजीको थियो, वहाँलाई जेल हाल्नुस” प्रचण्डले चुनौती दिँदै भने, “सोझा कार्यकर्तालाई दुख दिने ? यो शान्ति सम्झौताको गम्भीर उल्लंघन हो” उनले भने ।
द्वन्द्वकालिन मुद्दाहरुका बारेमा सार्वजनिक बहस सञ्चालन गर्ने सबै माओवादी घटकहरुको कार्यक्रम अनुसार, राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शेरबहादुर र प्रचण्डलाई जेल हाल्न चुनौती दिएका छन ।
“मलाइ कार्बाही गर्नु पर्यो नत्र यो सोझा जनतालाइ दुख दिनु भएन ।” प्रचण्डले अगाडि थपे, “कार्यकर्तालाई कार्बाही गर्ने तर्साउने कामको अन्त्य गरियोस्” उनले माग गरे । “कार्वाही गर्ने हिम्मत छ भने द्वन्द्वकालिन एउटा पक्षको सुप्रिम कमाण्डरका हैसियतले मैले सबै घटनाको जिम्मा लिन्छु, मबाट कार्वाही गरियोस, जनतालाई सताउने काम चाहिँ बन्द गरियोस् ।”
मानवाधिकारको नाममा केही संस्था र व्यक्तिहरुले दिउँसै रात पार्न खोजेको प्रचण्डको टिप्पणी थियो । अदालतप्रति समेत उनले खरो टिप्पणी गरे । “अदालत भनेको के भगवान हो ?” प्रचण्डले प्रश्न गरे, “परिवर्तनका प्रक्रियालाई आत्मसात गर्नुपर्दैन ?” उनको जिकिर थियो ।
माओवादीले जनयुद्ध सञ्चालन गर्दा जनतामाथि भइरहेको चरम यातना र दमनका बारेमा मानवाधिकारवादी भनाउनेहरुले केही नबोल्ने, अहिले आएर उनीहरुलाई त्यही मानवाधिकारको चिन्ता लागेको प्रचण्डले बताए । “त्यतिखेर त्यति ठूलो दमन हुँदा कोही देखिएनन, अहिले देश शान्ति प्रक्रियामा गएपछि कहाँबाट आए ?” उनले प्रश्न गरे । प्रचण्डले व्यंग्य गर्दै भने, “उनिहरुलाई (मानवाधिकारवादी) लडाइ, आन्दोलन, भिडन्त भए रमाइलो हुनेरहेछ कि के हो ?” मानवाधिकारवादीहले शान्ति खोजेको या अशान्ती खोजेको उनको प्रश्न थियो ।
0 comments
Write Down Your Responses